काठमाडौं उपत्यकामा थपिए ११८६ कोरोना संक्रमित
अ +
अ -
काठमाडौं उपत्यकामा थप ११ सय ८६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ७९५, ललितपुरमा २३९ र भक्तपुरमा १५२ जनालाई पोजेटिभ देखिएको हो ।
पछिल्लो २४ घण्टामा देशभर ४९०४ जनालाई संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २११५ जना संक्रमणमुक्त हुनुका साथै ३५ जनाको मृत्यु भएको छ ।
१३ हजार २१७ पीसीआर र ५९०६ एन्टीजेन गरि १९ हजार १२३ जनाको कोरोना परीक्षण भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत