अक्सिजन सिलिण्डर फिर्ता गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
अ +
अ -
काठमाडौं । व्यक्ति, संस्था तथा निकायहरुले लगेका अक्सिजन सिलिण्डर भर्नका लागि तुरुन्त उद्योगहरुमा उपलब्ध गराइदिन सरकारले आग्रह गरेको छ ।
महामारीको समयमा अस्पतालहरुमा अक्सिजन अभाव हुन नदिन सिलिण्डर फिर्ता गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको हो ।
सबै अस्पतालहरुले अधिकतम मात्रामा अक्सिजन सिलिण्डरहरु भरेर राख्न पनि सूचित गरेको छ भने अक्सिजन प्लान्ट वा ट्यांकहरु मर्मत तथा जडान गरी जतिसक्दो चाँडो पूर्ण क्षमतामा सञ्चालन हुने व्यवस्था गर्न मन्त्रालयले भनेको छ ।
त्यस्तै अक्सिजन जस्तो औषधिको रुपमा प्रयोग हुने विषयलाई अनावश्यकरुपमा वितरण र प्रयोगलाई प्रोत्साहन गरी मानिसको ज्यानै जाने जोखिम हुने खालका काम नगर्न नराउन पनि सबैलाई सचेत गराइएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत