टोखा र गोकर्णेश्वर नगरपालिकाका मुटुरोगीले गंगाल अस्पतालमा ५० हजारसम्म सहुलियत पाउने
अ +
अ -
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा काठमाडौंका दुई नगरबासीले उपचारमा सहुलियत पाउने भएका छन् । अस्पतालका अनुसार टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकाका बासिन्दाले उपचारमा ५० हजारसम्म सहुलियत पाउने भएका हुन् ।
नगरपालिकाका विपन्न मुटुरोगीले गंगालाल अस्पतालमा उपचार गर्दा अधिकतम ५० हजार रुपैयासँग सहुलियत पाउने अस्पताल प्रशासनले बताएको छ ।
अस्पतालमा उपचार गर्न पुगेका बिरामीले नगरपालिकाबाट आर्थिक रूपमा विपन्नताको सिफारिस लिएर सो सुविधा प्राप्त गर्न सक्नेछन् ।
हेल्थपाटी
तपाईँको अभिमत