डाक्टरमाथि आक्रमण र अस्पताल तोडफोडको घटनाप्रति चिकित्सक संघको निन्दा
काठमाडौं मेडिकल कलेजमा चिकित्सकमाथि भएको हातपातको घटनाप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।
मंगलबार विज्ञप्ति जारी गर्दै संघले डा.बिनिता प्रधान र डा.पूजा शाहमाथि भएको आक्रमणको विषयमा गम्भीर ध्यानाकर्षण भएको जानकारी दिएको छ ।
उपचारका क्रममा कुनै त्रुटी भएको भन्ने लागेमा कानुनी प्रक्रियामा जाने बाटो हुँदाहुँदै चिकित्सकमाथि आक्रमण गर्नु अपराधिक विषय भएको संघले भनेको छ ।
घटनाको निन्दा गर्दै संघले चिकित्सकमाथि आक्रमण र अस्पताल तोडफोड गर्ने कार्यले स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुग्नुका साथै आतंक सिर्जना गरेको संघको भनाइ छ ।
घटनामा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धि (पहिलो संशोधन) ऐन २०७९ बमोजिम कारबाही गर्न माग गरिएको छ ।
उपचारका क्रममा बिरामी मृत्यु भएपछि सोमबार राति बिरामीका आफन्तले अस्पतालको इमर्जेन्सी कक्ष तोडफोड गर्नुका साथै चिकित्सकमाथि आक्रमण गरेका थिए ।
यो पढ्नुहोस् : काठमाडौं मेडिकल कलेज अस्पताल तोडफोड, दुई डाक्टरमाथि हातपात
हेल्थपाटी
तपाईँको अभिमत