नेपालबाट गएका १५ यात्रुमा कोरोना देखिएपछि चीनले रोक्यो उडान

फाइल फोटो
नेपालबाट गएका यात्रुका कोरोना संक्रमण देखिएपछि चीनले नेपालबाट जाने विमानमा रोक लगाएको छ। चीनले काठमाडौंबाट कुन्मिङका लागि हुने हिमालय एयरलायन्सका चारवटा उडानमा रोक लगाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।
प्राधिकरणका अनुसार काठमाडौंबाट साउन १७ हिमालयन एयरलायन्सको विमानमा गएका ९ जना नेपाली र ६ जना चिनियाँ गरी १५ जनामा कोरोना संक्रमण देखिएको थियो ।
यसैका कारण सिभिल एभिएसन अथोरिटी अफ चीनले भदौ ७, १४, २१ र २८ गतेका लागि तय भएको हिमालयन एयरलायन्सको उडानमा रोक लगाएको हो ।
कोरोना महामारी सुरु भएयता चीनले बाहिरका यात्रुलाई प्रवेशमा कडाइ गरिरहेको छ । एक उडानमा १० जना भन्दा बढी यात्रुमा कोरोना देखिएपछि चीनले कारबाही स्वरूप थप उडान गर्न दिँदैन।
हिमालयन एयरलायन्समा गएका यात्रुलाई विमानस्थलमै परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो । विमानस्थलको परीक्षणमा कोरोना देखिएमा १४ दिन निजी खर्चमै क्वारेन्टाइन र १६ दिन घर वा तोकिएको स्थानमा बस्नुपर्ने नियम छ।
नेपालमा पीसीआर गरी रिपोर्ट नेगेटिभ आएका यात्रुलाई मात्रै लैजाने गरेको छ।
हेल्थपाटी 
तपाईँको अभिमत