कोरोना विरुद्ध खोपको विवरण अध्यावधिक गर्न ५ सदस्यिय समिति गठन
अ +
अ -
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोपको विवरण अध्यावधिक गर्न ५ सदस्यिय समिति बनाएको छ । प्रमुख विशेषज्ञ डा.गुणराज लोहनीको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएको हो ।
कोरोना ब्रिफिङमा प्रवक्ता डा.संगिता मिश्राले उक्त समितिलाई दुई साता भित्र कोरोना विरुद्धको खोपको विवरण अध्यावधिक गरि प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको जानकारी दिनुभयो ।
उहाँका अनुसार यो समितिले कोरोना विरुद्धको खोप सुरुको मिति देखि अहिले आएको, खोप लगाएको र मौज्दात रहेको सम्पूर्ण विवरणको अध्यावधिक गर्नेछ ।
दुई साता अघि संसदको शिक्षा तथा स्वास्थ्य समितिमा २४ लाख खोपको अद्यावधिक हुन नसकेको जानकारी मन्त्रालयबाट भएपछि खोप गायव भएको भनी चर्काे आलोचना भइरहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत