२४ घण्टामा २३३५ जना डिस्चार्ज, १८ संक्रमितको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले उक्त जानकारी दिनुभयो ।
यो सँगै संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । जसमध्ये ९४ हजार ५०१ निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ रहेको छ । जसमा संस्थागत तर्फ १३ हजार ८५१ र होम आइसोलेसनमा २६ हजार ९२७ रहेको छ ।
यस्तै आज थपिएका संक्रमितमध्ये २ हजार ३८८ जना काठमाडौं उपत्याकाका छन् । काठमाडौंमा २ हजार ८ भक्तपुरमा ९९ र ललितपुरमा २८१ जना नयाँ संक्रमित थपिए ।
यसैबीच २४ घण्टामा २ हजार ३३५ जना कोरोनामुक्त भएका छन् । यस्तै २४ घण्टामा थप १८ संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत