पाटन सुन्धाराकी संक्रमितको क्यान्सर अस्पताल हरिसिद्धिमा मृत्यु
अ +
अ -
काठमाडौं । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालका अनुसार पाटन, सुन्धाराकी ६६ वर्षकी महिलाको आइसोलेसन वार्डमा उपचारका क्रममा आज बिहीबार बिहान ८: ३५ बजे मृत्यु भएको हो ।
बिरामी महिलालाई भदौ ३० गते अस्पताल भर्ना गरिएको थियो । उहाँलाई पिसाबथैलीको क्यान्सर भएको थियो ।
तपाईँको अभिमत