चिसोले निमोनिया गराउने होइन, कीटाणु फोक्सोमा छिर्नुपर्छ(भिडियो)
निमोनिया भनेको फोक्सोको संक्रमण हो । ज्वरो आउनु, खोकी लाग्नु, छाती दुख्नु,सास फेर्न गार्हो हुनु निमोनिया लक्षणहरु हुन् । निमोनिया जिवाणु र किटाणुले गराउँछ । निमोनिया सामान्य र जटिल खालका हुन्छन् । रोगसँग लड्नसक्ने क्षमता कम भएका व्यक्तिहरुमा निमोनियाको जोखिम धेरै रहन्छ ।
आज हामीले निमोनिया के हो ? जोखिम कसलाई, निमोनियाले किन सिकिस्तै बनाउँछ भन्ने लगायतका विषयमा त्रिवी शिक्षण अस्पतालका उपनिर्देशक एवं प्लमोनोलोजी विभाग प्रमुख डा.सन्तलाल दाससँग कुरा गरेका छौं । निमोनियाबारे डा.दाससँग गरिएको कुराकानी हेल्थपाटीको युट्युवच्यानलमा पनि हेर्नसक्नुहुन्छ ।
उहाँसँग गरिएको कुराकानी उहाँकै शव्दमा
५ वर्षभन्दा मुनिका बालबालिका, ६५ वर्षभन्दा माथिका वृद्ध-वृद्धा, दीर्घ बिरामीहरु मिर्गाैला, फोक्सो, मुटु, नसाका बिरामीहरुलाई निमानियाले बढी असर गर्दछ । यसैगरी क्यान्सरका बिरामी, स्टोरोइडको औषधिहरु लिइरहेका बिरामीमा निमोनिया भयो भने जटिलता निम्त्याउन सक्छ । कतिपय कोभिड संक्रमित भएका व्यक्तिमा पनि निमोनियाको असर बढी देखिएकाे पाइएकाे छ। काेभिडले फाेक्साेमा असर गर्ने भएकालेे काेभिड संक्रमितलाई निमाेिनया भए थप जटिलताकाे जाेखिम निम्तन सक्छ ।
सामान्य रुघाखोकीमा आएको ज्वरो निमोनिया होइन तर ज्वरो, खोकीसँगै छाती दुख्नु, सास फेर्न गार्हाे हुनु निमोनियाको संकेत हुन् ।
काेहीकाेहीमा चिसाेले निमाेनिया गराउँछ भन्ने बुझाइ छ तर चिसोले निमोनिया गराउने होइन । निमोनिया हुन फोक्सोभित्र किटाणु वा जिवाणु प्रवेश गर्नैपर्छ । चिसो आफैंले निमोनिया गराउदैन तर चिसोले निमोनिया गराउने वातावरणको सृजना भने गराउन सक्छ । चिसोको समयमा किटाणुहरु बढी सक्रिय हुन्छन् । यो समयमा रुघाखोकीको समस्या पनि धेरे देखिने गरेको छ । चिसोको समयमा बाहिरी वातावरणमा धेरै समय बिताउँदा किटाणुहरु शरीरमा सजिलै प्रवेश हुन्छन् र निमोनिया हुने सम्भावना बढ्न जान्छ ।
सामान्यतय एकै व्यक्तिलाई भाइरस र जिवाणु दुवैले एकै पटक संक्रमण गराउदैन । केहीलाई भाइरसले निमोनिया गराएपछि त्यसकाे ३- ४ दिनपछि फोक्सोलाई कमजोर बनाउँछ र त्यसमा जिवाणुहरु सक्रिय हुन थाल्छन् ।
सामान्य देखिएकाे व्यक्ति पनि निमाेनियाका कारण गम्भीर बिरामी र कतिपयकाे मृत्यु समेत हुन्छ ।
निमोनियाको संक्रमण तिव्र गतिमा हुन्छ र शरीर भित्रभित्रै संक्रमण गराउँछ, फोक्सोमा असर गर्छ र मृत्युसमेत हुन्छ । केही व्यक्तिहरुमा सामान्य खोकी लागेको हुन्छ, लक्षणहरु खासै देखिएको हुँदैन तर संक्रमण भइसकेको हुन्छ । कतिपय अवस्थामा डाक्टरहरुले बिरामीको स्वास्थ्य अवस्था हेरेर निमोनियाको अनुमान लगाइ लक्षणका आधारमा बिरामीको अवस्था हेरे उपचार सुरु गर्नुपर्छ ।
एक जना ३० वर्षको युवा हुनुन्थ्यो । उहाँ जाँच्न मकहाँ आउनुभएको थियो । उहाँलाई केही भएको थिएन । २ दिनदेखिको ज्वरो थियो । बाहिरबाट हेर्दा उहाँलाई केही भएको जस्तो देखिन्नथ्यो । उहाँमा खासै केही समस्या थिएन, छातीको रिपोर्ट पनि राम्रो थियो तर उहाँको मुटुको चालको दर अलिकति बढी थियो । उहाँको सासको दर १७ - १८ थियो यसलाई बिरामीहरु सामान्य रुपमा लिन्छन् । मैले उहाँलाई भर्ना हुन सुझाए तर उहाँले मलाई केही भएकै छैन भनेर भर्ना हुन मान्नुभएन ।
भोलीपल्ट त उहाँ फोक्सोमा संक्रमण भएर आइसियुमा भनौ गर्नपर्यो ।
एक उदाहरण दिन चाहन्छु, एक जना ३० वर्षको युवा हुनुन्थ्यो । उहाँ जाँच्न मकहाँ आउनुभएको थियो । उहाँलाई केही भएको थिएन । २ दिनदेखिको ज्वरो थियो । बाहिरबाट हेर्दा उहाँलाई केही भएको जस्तो देखिन्नथ्यो । उहाँमा खासै केही समस्या थिएन, छातीको रिपोर्ट पनि राम्रो थियो तर उहाँको मुटुको चालको दर अलिकति बढी थियो । उहाँको सासको दर १७ - १८ थियो यसलाई बिरामीहरु सामान्य रुपमा लिन्छन् । मैले उहाँलाई भर्ना हुन सुझाए तर उहाँले मलाई केही भएकै छैन भनेर भर्ना हुन मान्नुभएन ।
भोलीपल्ट त उहाँ फोक्सोमा संक्रमण भएर आइसियुमा भनौ गर्नपर्यो । त्यसैले निमोनियाको शंका गरेर उपचारको सल्लाह दिएको छ भने चिकित्सकलाई विश्वास गर्नपर्छ । निमोनियाका केही संकेतहरु हुन्छन् जसलाई चिकित्सकले पहिचान गर्छन् र थप जटिलताबाट जोगाउन उनीहरुले मद्धत गर्छन् ।
बालबालिकाहरुलाई चिसोमा यसरी जाेगाआै
बालबालिकाहरुलाई चिसोको समयमा बाहिर धेरै समय बिताउन हुँदैन । रुघाखोकी लागेको छ भने समयमै उपचार गराउनपर्छ । रुघाखोकीसँगै ज्वरो पनि आएको छ भने चिकित्सकलाई भेटी हाल्नपर्छ ।
चिसो समयमा बालबालिकालाई न्यानो बनाएर राख्ने, झोलिलो पदार्थ धेरै खुवाउने र प्रशस्त आराम गराउनपर्छ । निमोनियामा समयको निकै महत्वपूर्ण हुन्छ । घण्टा घण्टा महत्वपूर्ण रहन्छ । निमोनिया संक्रमण हुन समयको निकै महत्वपूर्ण रहन्छ । त्यसैले छिटो पत्ता लगाएर उपचार सुरु गर्नुनै निमोनियाबाट जोगाउनु हो ।
निमोनियाकाे उपचार
भाइरसका कारणले भएको निमोनियालाई एन्टीबायोटिकले काम गर्दैन र भाइरसका कारण भएको निमोनियामा एन्टीबायोटिकको प्रयोग गर्न हुँदैन । भाइरसको उपचार भनेको सहायता उपचारमात्रै हो । निमोनियामा एन्टीबायोटिकको प्रयोग गर्नुभन्दा पहिले कल्चर गर्नपर्छ ।
एन्टीबायोटिक प्रिस्क्राइब नगरी बेच्न हुँदैन । तर धेरैजसो व्यक्ति जसमा सामान्य रुघाखोकी लागे, घाँटी दुखेमा एन्टीबायोटिक प्रिस्क्राइव गरिएको पाइएको छ या बिरामी आफैले मेडिकलबाट किनेर खाने गरेका छन् । जबकी ६० प्रतिशत रुघाखोकी भाइरलका कारण हुन्छ । सानो समस्यामा एन्टीबायोटिकको प्रयोग गर्दा ठुला - ठुला स्वास्थ्य समस्यामा पनि औषधिले काम नगर्ने हुन्छ । सिकिस्त बिरामीहरुमा किटाणुहरुले एन्टीबायोटिकलाई ८० प्रतिशतसम्म रेसिस्टेन्स गरिरहेको पाइएको छ ।
अहिले एन्टीबायोटिककाे प्रयाेग, बन्दुकले निशाना लगाए हुनेमा तोपकोनै प्रयोग भएजसरी भइरहेको छ । सबै अस्पतालहरुमा एन्टीबायोटिक प्रयोगका सम्बन्धमा रणनीति बनाइएको हुन्छ र त्यो रणनीति अनुसार काम गरे एन्टीबायोटिकको दुरुपयोग रोक्न सकिन्छ ।

हेल्थपाटी
तपाईँको अभिमत