आफुले कोरोना खोपको सुनिश्चित गरेको निर्वतमान प्रधानमन्त्री ओलीको दाबी
काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सबै नेपालीलाई खोप सुनिश्चित गरेको दाबी गर्नुभएको छ ।
सिंहदरबार छाड्नुअघि टेलिभिजन सम्बोधन गर्दै एमाले अध्यक्ष समेत रहनुभएका ओलीले नेपाल खोप उत्पादक नभएपनि छोटो समयमा नै नागरिकलाई खोपको व्यवस्थापन गर्न आफु सफल भएको दाबी गर्नुभयो ।
उहाँले १ करोड ३१ लाख मात्रा खोप सुनिश्चित भएको र २ करोड भन्दा बढी खरिदको प्रक्रिया रहेको जानकारी दिदै अब नेपालमा खोपको अभाव नहुने बताउनुभयो । साथै उहाँले बालबालिकालाई लगाउन मिल्ने ६० लाख डोज खोप ल्याउने प्रक्रिया पनि सुरु भइसकेको जानकारी दिनुभयो ।
ओलीले जोन्सन एण्ड जोन्सनबाट ६० लाख डोज, मोर्डनाबाट ४० लाख डोज, फाइजरबाट ४० लाख डोज र एस्ट्राजेनेकाबाट २० लाख डोज गरी कुल १ करोड ५० लाख खोप खरीद सम्झौँता भएको जानकारी दिनुभयाे । उहाँले भारतबाट ११ लाख अनुदान र १० लाख डोज कोभिसिल्ड खरीद गरि , चीनबाट १८ लाख अनुदान र ८ लाख डोज भेरोसेल खरीद गरि , अमेरिकाले कोभ्याक्स सुविधाबाट १५ लाख डोज जोन्सन एण्ड जोन्सन खोप नेपाल आइसकेकाे बताउनुभयाे ।
सर्वाेच्च अदालतको परमादेश अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले काग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिसक्नु भएको छ । सर्वोच्च अदालतले मंगलबार अपरान्ह ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत