‘नेपालमा कोरोना खोप आयातका लागि तयारी भइसक्यो’
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा कोरोना (कोभिड–१९) विरुद्धको खोप आयातका लागि स्रोतको अभाव नहुने बताउनुभएको छ ।
विश्व बजारबाट सहजरुपमा खोप उपलब्ध हुने क्रममा रहेको उल्लेख गर्दै उहाँले सरकार खोप आयात तथा वितरणका लागि लागि परेको बताउनुभयो ।
शुक्रबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघको नव निर्वाचित कार्य समितिका पदाधिकारीसँगको भेटमा अर्थमन्त्री पौडेलले यस्तो बताउनु भएको हो ।
कोभिड–१९ को लक्षण देखिएका नेपालीको निःशुल्क परीक्षण र उपचार गरे जसरी नै खोपको आर्थिक दायित्व पनि राज्यले व्यहोर्ने आश्वासन उहाँले दिनुभयो ।
खोप आयात र वितरणका लागि सरकारले स्रोत व्यवस्थापन गरिरहेको मन्त्री पौडेले बताउनु भयो । कोरोना खोप नेपाल ल्याउनका लागि खोप उत्पादन गरेका देशसँग कुटनीतिक संवाद जारी राखेको उहाँले जानकारी दिनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत