एचपीभी खोपको दोस्रो मात्रा सातै प्रदेशमा दिइँदै, कुन प्रदेशमा कहिले ?
पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोपको दोस्रो मात्रा दिइँदैछ । सरकारले सातै प्रदेशका तोकिएका अस्पतालबाट १४ वर्ष उमेर पुगेका र पहिलो खोप लगाइसकेका किशोरीलाई खोप दिन सुरु गरेको हो ।
स्वास्थ्य सेवा विभागका अनुसार चैत ६ गतेदेखि लुम्बिनी प्रदेशको भेरी अस्पताल, नेपालगञ्जमा खोप प्रदान गरिदैँछ । कोशी प्रदेशको कोशी अस्पताल विराटनगर, मधेश प्रदेशका लागि नारायणी अस्पताल वीरगञ्ज, गण्डकी प्रदेशका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली प्रदेशको प्रदेश अस्पताल वीरेन्द्रनगर सुर्खेलमा चैत ७ गतेदेखि खोप प्रदान गर्न थालिएको छ ।
वागमती प्रदेशका किशोरीलाई भने चैत ८ गतेदेखि परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथलीमा प्रदान गरिने भएको छ । त्यस्तै सुदूरपश्चिमका लागि चैत १५ गतेदेखि डडेलधुरा अस्पतालमा खोप दिइनेछ ।
गत भदौको अन्तिम सातामा एचपीभीको पहिलो खोप लगाएका किशोरीलाई मात्र खोप दिइने बताइएको छ । पहिलो खोप लगाएको ६ महिनापछि दोस्रो खोप लगाउनुपर्ने भएकाले खोप दिन लागिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

हेल्थपाटी
तपाईँको अभिमत