औषधि उत्पादक संघको अध्यक्षमा प्रज्वलजंग पाण्डे
अ +
अ -
नेपाल औषधि उत्पादक संघ (एपोन) को अध्यक्षमा प्रज्वलजंग पाण्डे निर्वाचित हुनुभएको छ । एपोनको आइतबार (आज) सम्पन्न २७ औँ अधिवेशनबाट पाण्डे सर्वसम्मित रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
यसअघि एपोनको अध्यक्षमा जी नारायण बहादुर क्षेत्री हुनुहुन्थ्यो । यस्तै अधिवेशनले वरिष्ठ उपाध्यक्षमा महेश प्रधान, उपाध्यक्षमा सन्तोष बराल, महासचिवमा विप्लव अधिकारी, कोषाध्यक्षमा प्रभात रूंगटालाई निर्वाचित गरेको छ ।
सदस्यहरुमा पृथ्वीराज भण्डारी, सुदर्शन खैगुली, दिपक टिवटेवाल, सुदिप प्रधान र गणेश पाठक निर्वाचित हुनुभएको छ ।
दुई दुई बर्षमा नयाँ पदाधिकारी चयन हुने एपोनमा ६६ जना सदस्य हुनुहुन्छ ।
हेल्थपाटी
तपाईँको अभिमत