गरिब मुलुकमा कोरोना खोप पुर्याउने योजना विफल हुने खतरा !
जेनेभा । गरिब मुलुकहरूमा चाँडै कोरोना खोप पुर्याउने योजना विफल हुने खतरा देखिएको छ । कोभ्याक्सले बनाएको योजना विफल हुने धेरै सम्भावना रहेको आन्तरिक दस्तावेजहरूले देखाएका छन् ।यसले सन् २०२४ को अन्त्यसम्म अरबौं मानिस कोरोना खोपको पहुँचबाट टाढा हुने देखिएको छ ।
योजना विफल हुनुमा प्रमाणित खोपको कमी, भारतले कोभ्याक्सको खोप आपूर्ति गर्दा आफ्नो देशलाई पहिलो प्राथमिकतामा राख्नु लगायतका कारण रहेको बताइएको छ । त्यस्तै अक्स्फोर्ड–एस्ट्राजेनेकाको खोप विकासमा ढिलाइ हुनु र यसको प्रमाणिकरणमा ढिलाइ हुनु पनि अर्को कारण रहेको छ ।
आर्थिक अभावका कारण पनि गरिब तथा मध्य आय भएका मुलुकमा कोरोना खोप पु¥याउने योजनामा धक्का लाग्ने बताइएको छ । कोभ्याक्स योजनामा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का साझेदारी संस्था, सरकार तथा अन्तर्राष्ट्रिय परोपकारी संस्थाहरूको वित्तीय जोखिम व्यवस्थापन नहुनुले योजना आर्थिक अभाव सिर्जना भएको हो ।
ती संस्था तथा सरकारी साझेदारीहरूले हालसम्म पनि डब्ल्यूएचओलाई औषधि उत्पादक कम्पनीसँग गर्नुपर्ने सम्झौताको विवरण बुझाएका छैनन् । यसले योजनालाई पछि धकेलिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।
कोभ्याक्स कार्यक्रम कोरोना भाइरस विरुद्धको खोप गरिब तथा मध्य आय भएका मुलुकमा पुर्याउने विश्वव्यापी योजना हो ।
तपाईँको अभिमत