स्वास्थ्य बीमा बोर्डले ९० दिनका लागि माग्यो १८० जना मेडिकल अधिकृत
अ +
अ -
स्वास्थ्य बीमा बोर्डले तीन महिनाका लागि १८० जना मेडिकल अधिकृत माग गरेको छ । आइतबार (आज) सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।
बोर्डका जनस्वास्थ्य अधिकृत बिकेश मल्लका अनुसार बीमा दाबी भुक्तानीको रुजु गर्न र सिफारिस गर्नका लागि मेडिकल अधिकृत माग गरिएको हो । यसका लागि एमबीबीएस गरेर नेपाल मेडिकल काउन्सिलमा दर्ता हुनुभएका डाक्टरहरूले आवेदन दिन पाउनुहुनेछ ।
योग्यता पुगोक इच्छुकले पहिलोपटक सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र दरखास्त दिन सक्ने बताइएको छ ।
लामो समयदेखि अस्पतालबाट भुक्तानीका लागि प्राप्त बीमा दाबीहरू 'पेन्डिङ'मा रहेका छन् ।
हेल्थपाटी 
तपाईँको अभिमत