दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
अ +
अ -
सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार र सोमबार बिदा दिने निर्णय गरेको हो ।
देशभर आएको अविरल वर्षासँगैको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै थप दुई बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको हो ।
सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भएको थियो ।
तर, राजमार्गहरूमा खसेको पहिरो र मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अलर्टलाई ध्यानमा राख्दै बिदा दिने निर्णय भएको हो ।
हेल्थपाटी 
तपाईँको अभिमत