स्वास्थ्य मन्त्रालय मातहका कर्मचारीको सम्पत्ति विवरण माग
अ +
अ -
राष्ट्रिय सतर्कता केन्द्रले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका विभाग, प्रतिष्ठान, केन्द्र, अस्पताल तथा परिषद्मा कार्यरत कर्मचारीहरुको सम्पत्ति विवरण माग गरेको छ ।
केन्द्रले निजामति बाहेकका अस्थायी/स्थायी /करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरुको आर्थिक वर्ष २०७७/ ७८ को सम्पत्ति विवरण वुझाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।
स्वास्थ्य मन्त्रालयले ३ दिनभित्र सम्पत्ति विवरण पेश गर्न विभाग, प्रतिष्ठान, केन्द्र, अस्पताल तथा परिषद्का कर्मचारीहरुलाई अनुरोध गरेको छ ।
sampatti bibaran
हेल्थपाटी 
तपाईँको अभिमत