कोरोना संक्रमणबाट हाडजोर्नी विशेषज्ञ डा.मुकेश चौधरीको निधन
अ +
अ -
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट हाडजोर्नी विशेषज्ञ डा.मुकेश चौधरीको निधन भएको छ ।
लहान नगरपालिका वडा–६ का ३५ वर्षका डा.मुकेश चौधरीको कोरोना संक्रमणका कारण मृत्यु भएको लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार डा। चौधरी ९ दिनदेखि होम आइसोलेसनमा रहनुभएको थियो । तर सोमबार साँझ स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पुर्याइएको केही बेरमै निधन भएको थियो ।
डा.चौधरीले लहानमा डाइनोष्टिक सेन्टर सञ्चालन गर्दै आउनुभएको थियो र सोही सेन्टरमा बिरामीको उपचार गर्ने क्रममा उहाँलाई संक्रमण भएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत