काठमाडौंका थप ३ जनामा हैजा पुष्टि, देशभर कति पुग्यो ?
अ +
अ -
काठमाडौंमा थप ३ जनामा हैजा पुष्टि भएको छ । स्वास्थ्य सेवा विभाग इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(इडीसिडी)ले दिएको जानकारी अनुसार हिजोसम्म देशमा ५८ जनामा हैजा पुष्टि भएको छ ।
सबैभन्दा धेरै ललितपुरमा ४१ जनामा हैजा देखिएको छ । काठमाडौंमा ७, कैलालीमा ८ र प्यूठानमा २ जनामा हैजा पुष्टि भएको छ ।
हैजा पुष्टि भएका ५६ जना निको भइसकेको र अहिले २ जना अस्पतालमा उपचाररत रहेको (इडीसिडी)ले जनाएको छ।

हेल्थपाटी
तपाईँको अभिमत