काठमाडौं उपत्यकामा थपिए ६०७ जना संक्रमित
काठमाडौं । काठमाडौं उपत्यकामा आज ६०७ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा ४३०, भक्तपुरमा ८० र ललितपुरमा ९७ गरी ६०७ जनामा कोरोना पुष्टि भएको छ ।
आज देशभर थप २ हजार ३९८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । याे संख्या हिजोको भन्दा ८ ले बढी हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०५८ पीसीआर र ३९५४ जनाको एन्टीजेन गरी ११ हजार १२ जनाकाे परीक्षण भएकाे थियाे जसमा २३९८ जनामा पोजेटिभ देखिएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ७८ जना संक्रमणमुक्त भएका छन् भने १२ संक्रमितको मृत्यु भएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ३ हजार ८५६ पुगेको छ । जसमध्ये ६ लाख २३ हजार १०५ हजार जना निको भएका छन् भने ९ हजार ४१२ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित २६ हजार २६१ जना रहेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत