स्वास्थ्य मन्त्री प्रदीप पौडेलले राजीनामा दिने
अ +
अ -
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पार्टीको निर्णय आउनेवित्तिकै राजीनामा दिने तयारी गर्नुभएको छ । प्राप्त जानकारी अनुसार स्वास्थ्य मन्त्रीले राजीनामा दिनका लागि पार्टीको संस्थागत निर्णय कुरिरहनुभएको छ ।
पार्टीको संस्थागत निर्णयका लागि पार्टीको नेतृत्वसँग छलफल भइरहेको मन्त्रीको सचिवालयले जनाएको छ ।
नेपाली कांग्रेसका नेता शेखर कोइराला निकट मानिने कृषि मन्त्रीले मंगलबार बिहानै राजीनामा दिनुभएको थियो ।
सोमबार राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा भएको जेनजी समूहको प्रदर्शमा १९ जना प्रदर्शनकारीको मृत्यु भएपछि पछिल्लो परिस्थिति सिर्जना भएको हो ।
मंगलबार बिहानैदेखि प्रदर्शनकारीहरूले शीर्ष नेताहरूको निवास लक्षित प्रदर्शन गरिरहेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत