त्रिवि सेवा आयोगले आयुर्वेद,नर्सिङसहित स्वास्थ्य क्षेत्रमा माग्यो जनशक्ति
काठमाडौं । त्रिभुवन विश्व विद्यालय सेवा आयोगले स्वास्थ्य क्षेत्रमा प्राध्यापक,सहप्राध्यापक तथा उपप्राध्यापक पदमा जनशक्ति माग गरेको छ । आयोगले सूचना प्रकाशित गरि स्वास्थ्य क्षेत्र प्राध्यापक पदमा २,सहप्राध्यापक पदमा १, उपप्राध्यापक पदमा ५६ जनाको लागि आवेदन माग गरेको छ ।
आयोगले स्वास्थ्य क्षेत्रका विषयसहित अन्य विषयतर्फ करिब ६ सय संख्यामा आवेदन खुलाएको छ । त्रिवि सेवा आयोगले प्राध्यापक पदमा क्लिनिकल माइक्रोबायोलोजी र क्लिनिकल फिजियोलोजी, सहप्रध्यापक पदमा नर्सिङ तथा उपप्राध्यापक पदमा मेडिकल बायोकेमेष्ट्रि,अर्थाेपेडिक्स, इनएनटी, कार्डियोलोजी, आयुर्वेद विषयका लागि जनशक्ति मागेको हो ।
यी सबै पद खुल्लातर्फ हुन् । योग्यता पुगेकाहरुले चैत २१ गते भित्र आवेदन दिन सक्ने आयोगले जनाएको छ ।
Advertisement notice_Open2077
हेल्थपाटी
तपाईँको अभिमत