आज र भाेली बालबालिकालाई भिटामिन ए र जुकाकाे औषधि खुवाइदै
देशभर आज र भाेली ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाकाे औषधि खुवाइदैछ ।
६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बालबालिकाहरुमा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यून गर्न नेपालमा राष्ट्रिय भिटामिन ए कार्यक्रम मार्फत ६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन एु क्याप्सुल, १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाइदै आएको छ ।
वर्षमा २ पटक हुने यस कार्यक्रमअन्तर्गत २७ लाख बालबालिकाले भिटामिन ए क्याप्सुल पाउने छन् । साथै ६ लाख बालबालिकालाई बालभिटा र २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइँदै आएको छ । भिटामिन ए कार्यक्रममा महिला स्वास्थ्य स्वंमसेविका सहभागी हुनेछन् ।
६ महिनादेखि ५ वर्ष उमेर सम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न नेपालमा २०५३ सालबाट भिटामिन ए खुवाउन सुरु गरिएको हो । बालबालिकालाई जुकाको औषधि २०५८ र बालभिटा २०६६ सालदेखि खुवाउन थालिएको हो ।
हेल्थपाटी 
तपाईँको अभिमत