गर्भावस्थामा यस्तो समस्या देखिए भ्रुणलाई हुन्छ गम्भीर खतरा
चिकित्सकहरुले मधुमेहलाई सबैभन्दा गंभीर रोगमध्ये एकमा राखेका छन् । उनीहरु यसलाई साइलेन्स किलरका रुपमा लिन्छन् । यो रोगले शरीरलाई विस्तारै–विस्तारै खोक्रो बनाइ दिन्छ । मधुमेहका कारण रोगीलाई कयौ किसिमका गंभीर स्वास्थ्य समस्याको जोखिम पनि बढाउँछ।
यसैबीच मधुमेहबाट हुने खतरालाई लिएर अध्ययन गरिरहेका वैज्ञानिकको टोेलीले गर्भकालिन मधुमेहले भ्रुणलाई गंभीर नोक्सानी पर्याउने बताएका छन् । अध्ययनकर्ताका अनुसार इन्सुलिन वा अन्य माध्यमबाट सुगरको स्तर नियन्त्रित गरिरहेको बेलामा भ्रुणलाई स्थायी रुपमै नोक्सानी पु¥याउन सक्छ ।
गर्भावस्थामा देखिएको मधुमेहले आमा र शिशु दुवैको स्वास्थ्यलाई नराम्रो असर गर्दछ । यूनिभर्सिटी अफ मेरिल्यान्ड स्कूल सेफ मेडिसिन (यूएमएसओएम) का शोधकर्ताले गर्भकालिन मधुमेहका कारण प्रत्येक वर्ष लगभग तीनदेखी चार लाख भ्रुणमा न्यूरल कोश विकसित हुन्छ ।
यस स्थितिका कारण भ्रुणमा मष्तिस्क र मेरुदण्डको हड्डीको निर्माण गर्ने तत्वको ठीक तरिकाले विकास हुँदैन । अन्तमा गर्भपात वा शीशुमा विकलांगताको समस्या देखिन सक्छ ।
हेल्थपाटी
तपाईँको अभिमत