चिकित्सक संघले घोषणा गर्यो चरणवद्ध आन्दोलन, ओपीडी बन्ददेखि मेडिकल काउन्सिललाई लाइसन्स बुझाउनेसम्म

नेपाल चिकित्सक संघलगायत विभिन्न स्वास्थ्य सम्बद्ध संघ–संस्थाहरूले चरणवद्ध आन्दोलन घोषणा गरेका छन् । हालै उपभोक्ता अदालतले गरेको फैसलाले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई काम गर्न भय सिर्जना गरेको भन्दै चरणवद्ध आन्दोलन घोषणा गरेको हो ।
यसअघि ७२ घण्टे कालो पट्टी बाँधेर सेवा सञ्चालन गर्ने आन्दोलन गरेका संस्थाहरूले पुनः आन्दोलनको घोषणा गरेको हो ।
नेपाल चिकित्सक संघका महासचिव डा. सन्जिब तिवारीका अनुसार असार २० गते जिल्लास्तरीय प्रशासनिक कार्यालयहरूमा ज्ञापनपत्र बुझाइने कार्यक्रम थियो । त्यस्तै २२ गते सम्पूर्ण चिकित्सकले आफ्नो कार्यस्थलमा पहिलो एक घण्टा धर्ना दिने कार्यक्रम घोषणा गरिएको छ ।
२३ गते सोमबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने भनिएको छ । असार २४ गते संघका चिकित्सकहरूको लाइसन्स नेपाल मेडिकल काउन्सिललाई नै बुझाउने कार्यक्रम रहेको छ ।
तपाईँको अभिमत