१ हजार ४८३ संक्रमित काेराेनामुक्त
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा १४८३ संक्रमित काेराेनामुक्त भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ ।
आज देशभर १ हजार ५६ काेरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार ६ हजार २८६ जनाकाे पीसीआर परीक्षण हुँदा १ हजार ५६ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।
आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ । यस्तै,१४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ६५१ पुगेको छ । सक्रिय संक्रमितको संख्या १२ हजार २४५ रहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत