निर्माणाधिन अस्पताल निर्माणकार्य सम्पन्न गर्न १५ अर्ब ४१ करोड
अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरिरहनु भएको छ । सो क्रममा उहाँले निर्माणाधिन अस्पताल निर्माणकार्य सम्पन्न गर्न १५ अर्ब ४१ करोड विनियोजन गरेको जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री वर्षमान पुनले आधारभूत र आकस्मिक स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाइने बताउनुभयो ।
आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न हरेक वडामा एक आधारभूत स्वास्थ्यसेवा क्लिनिक सञ्चालन बजेटमा उल्लेख गरिएको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड विनियोजन गरेको छ ।
चालु आर्थिक वर्षका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलनई ४९ अर्व ८० करोड ५४ लाख छुट्याएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत