स्वास्थ्य मन्त्रालयले मेडिकल कलेजलाई भन्यो, पीसीआर बिनै परीक्षा लिनू
अ +
अ -
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी मेडिकल कलेजहरुलाई विद्यार्थीको पीसीआर परीक्षण नगराई उनीहरुलाई परीक्षामा सहभागी गराउन निर्देशन दिएको छ ।
नियमित प्रेस ब्रिफिङमा प्रा.डा.जागेश्वर गौतमले लक्षण नभएका विद्यार्थीको पीसीआर परीक्षण गर्नु वैज्ञानिक आधार नभएकाले अनावश्यक पीसीआर परीक्षण नगराउन मेडिकल कलेजहरुलाई अनुरोध गर्नुभएको हो ।
'मेडिकल कलेजहरुले परीक्षामा सामेल हुने विद्यार्थीको पीसीआर परीक्षण गर्ने निर्णय गरेका छन्', प्रवक्ता गौतमले भन्नुभयो, 'यसलाई वैज्ञानिक आधारले पुष्टि गर्दैन त्यसैले याे निर्णय कार्यान्वयन निर्णय कार्यान्वयन नगराइ, पीसीआर बिना नै परीक्षा लिन अनुरोध गर्दछु ।'
हेल्थपाटी
तपाईँको अभिमत