जटिल प्रकृतिका रोग लागेका बिमितलाई थप एक लाख उपलब्ध गराइने
स्वास्थ्य बीमा गरेका बिमितलाई जटिल प्रकृतिका रोग लागेमा थप एक लाख रुपैयाँसहित दुई लाख उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बीमा बोर्डलाई निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य बीमा नियमावलीमा भएको व्यवस्थाअनुसार जटिल प्रकृतिका रोग लागेका बिरामीलाई उपचार सहुलियत थप गर्न स्वास्थ्य बीमा बोर्डलाई निर्देशन दिनुभएको हो । स्वास्थ्य मन्त्रीको निर्देशनपछि बोर्डले आगामी बैठकमा यो विषय राख्ने र आवश्यक निर्णय गर्ने बताएको छ ।
अब क्यान्सर, मुटु रोग, मिर्गौला रोग, हेड इन्जुरी, स्पाईनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमरका बिरामीले थप एक लाख रुपैयाँ उपचार सुविधा प्राप्त गर्नेछन् ।
यस आधारमा मन्त्रालयले स्वास्थ्य बीमा बोर्डलाई ७० वर्ष नाघेका ज्येष्ठ नागरिकले मात्र उपभोग गर्ने गरी पाउने सुविधामा नदोहोरिने गरी सुविधा दिन पत्राचार गरेको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत