पाकिस्तान सरकारको छात्रवृत्तिमा चिकित्सा विषय पढ्न २० विद्यार्थी छनोट
पाकिस्तान सरकारको छात्रवृत्तिमा चिकित्सा विषय अध्ययन गर्न जानका लागि विद्यार्थी छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माग गरेबमोजिम चिकित्सा शिक्षा आयोगले २० जना विद्यार्थीको नाम छनोट गरी पठाएको छ ।
जुसमा एमबीबीएसतर्फ १२, बीडीएसका लागि २ र बीफर्मातर्फ ६ जनाले छात्रवृत्तिमा पढ्ने अवसर प्राप्त गरेका छन् ।
पाकिस्तान सरकारले दिने छात्रवृत्तिमा अध्ययन गर्न जानका लागि विद्यार्थी छनोट गरी पठाउन भन्दै शिक्षा मन्त्रालयले यही साउन १० गते आयोगलाई पत्र पठाएको थियो ।
उक्त पत्रअनुसार आयोगले सूचना जारी गरी आवेदन माग गरेको थियो । सुरुमा १६ गतेसम्मको समय दिइए पनि पछि १८ गतेसम्म समय थप गरिएको थियो ।
चिकित्सा शिक्षा आयोगले लिएको पछिल्लो स्नातक तह एकीकृत प्रवेश परीक्षाको योग्यताक्रममा रहेका विद्यार्थीले आवेदन दिएका थिए ।
तपाईँको अभिमत