अमेरिकाले प्रदान गरेको कोरोनाविरुद्धको खोप नेपाललाई राजदूत बेरीद्वारा हस्तान्तरण (फोटोफिचर)
काठमाडौं । अमेरिकाले प्रदान गरेको कोरोनाविरुद्धको खोप नेपाललाई हस्तान्तरण भएको छ । स्वास्थ्यमन्त्रीसमेत रहनुभएका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान खोप हस्तान्तरण गर्नुभएको हो ।
स्वास्थ्यसचिव लक्ष्मण अर्याल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंह तथा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललगायतको उपस्थितिमा राजदूत बेरीले खोप हस्तान्तरण गर्नुभएको हो ।

अमेरिकाले नेपाललाई प्रदान गरेको १५ लाख ३४ हजार ८५० मात्रा खोप कतार एयरबाट ल्याइएको हो । कतार एयरको जहाज बिहान १० : ०४ बजे त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलमा अवतरण भएको थियो ।
जोन्सन एन जोन्सनले निर्माण गरेको सो ‘जेनसेन’ खोप एक मात्रा मात्र लगाए पुग्ने बताइएको छ । खोप करिब १५ लाख मानिसलाई दिन पुग्ने बताइएको छ ।

खोप कसलाई कहिलेदेखि दिने भन्ने विषय टुंगो नलागिसकेको अधिकारीहरूले बताएका छन् । यद्यपि वैदेशिक रोजगार वा अन्य कामले विदेश जाने तथा शिक्षकलगायतलाई पहिलो प्राथमिकताका साथ प्रदान गर्ने विषयमा छलफल भइरहेको बताइएको छ ।





हेल्थपाटी
तपाईँको अभिमत