कोरोना न्यूनिकरण खोपको शुत्र विश्वव्यापीकरण गर्न डब्लुएचओको आग्रह
काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना महामारीको न्यूनिकरणका लागि खोपको शुत्रलाई विश्वव्यापीकरण गर्नु विश्वका सबै खोप निर्माता राष्ट्रहरूलाई आग्रह गरेको छ ।
यसको मतलव अहिले खोप बनाइरहेका राष्ट्रहरूले विश्वका अरु पनि देशलाई खोप बनाउनका लागि त्यसको शुत्र दिनुपर्ने हुन्छ । अर्थात् त्यसलाई बौद्धिक सम्पत्ती वा आइपी भनिन्छ। किनकि कुनै पनि खोप बनाउनका लागि त्यहाँका बैज्ञानिकहरूले ठूलो खोज र अनुसन्धान गरेका हुन्छ ।
डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले कोभिड–१९ सङ्क्रमणको दर बढ्दै जाँदा र धेरै देशहरूमा खोप अभावको ‘गम्भीर समस्या’ सामना गर्नुपर्ने भन्दै खोप निर्माताले तत्कालका लागि बढी खोप उत्पादनका लागि बौद्धिक सम्पत्ती अधिकारलाई हटाउन सम्बन्धित कम्पनी र देशहरूलाई आग्रह गर्नुभएको हो ।
‘यदि धेरै व्यक्तिलाई खोप लगाई सामूहिक प्रतिरोधात्मक क्षमता विकास गर्ने हो भने हामीसँग अहिले उपलब्ध खोप भन्दा धेरै बढी खोप चाहिन्छ’ उहाँले भन्नुभयो ‘खोपको उत्पादन क्षमता बृद्धि हुनु पर्दछ। र यसका निम्ति बौद्धिक सम्पत्ति आइपी अधिकार अति आवश्यक छ।
खोपको विषय परोपकारी मुद्दा भएको बताउँदै उहाँले विश्वभरि नै खोप उत्पादनलाई बढाउनुपर्नेमा पनि जोड दिनुभयो ।
त्यसैगरी बेलायतका पूर्व प्रधानमन्त्री गोर्डन ब्राउनले पनि त्यही कुरामा जोड दिनुभएको छ ।
दक्षिण अफ्रिका र भारतलगायत धेरै देशहरूले विश्वव्यापी रूपमा उत्पादनका लागि कोभिड–१९ खोपहरूको आइपी अधिकार अस्थायी रूपमा निलम्बन गर्न आग्रह गरेका छन् ।
गत हप्ता विश्व व्यापार संगठनले आइपी अधिकार माफीको बारेमा छलफल चलाएको थियो तर जेनेभामा यस सम्बन्धी अहिलेसम्म कुनै समाचार प्राप्त भइसकेको छैन ।
बेलायतले सन् २०२१ मा जी–७ राष्ट्रहरुको समूहको अध्यक्षता गरेको छ। आगामी जुन महिनामा बेलायतले जी–७ राष्ट्रको शिखर सम्मेलनको आयोजना गर्नेछ । रासस
हेल्थपाटी
तपाईँको अभिमत