स्वास्थ्य मन्त्री पौडेलको १०० दिन, यस्ता छन् १६ काम
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल स्वास्थ्य मन्त्री हुनुभएको १०० दिन पूरा भएको छ । उहाँले १०० दिन पूरा भएको अवसरमा आफूले गरेका कार्यहरूको जानकारी पत्रकार सम्मेलनमार्फत् दिनुभएको छ ।
सोमबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा उहाँले आफूले गरेका कामको जानकारी दिनुभयो । उहाँले विभिन्न १६ वटा शीर्षकमा काम गरेको बताउनुभयो ।
मन्त्री पौडेलले विषयगत समितिको पहिलोपटक बैठक बसेकोदेखि विकास साझेदारसँगको सहकार्यलाई आफ्नो उपलब्धिका रूपमा प्रस्तुत गर्नुभयो । उहाँले कर्मचारी समायोजन तथा विभिन्न विधेयकलाई अगाडि बढाइएको विषयलाई पनि आफूले गरेको उपलब्धिमूलक कार्य बताउनुभएको छ ।
‘स्वास्थ्य क्षेत्रलाई निर्देशित गर्न १० वटा महत्वपूर्ण विधेयक तथा विद्यमान ऐनलाई संशोधन गर्ने गरी विधेयकहरूलाई अगाडि बढाइएको छ’, उहाँले भन्नुभयो । उहाँका अनुसार रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक मन्त्रिपरिषद्बाट संसदमा टेबुल गर्न स्वीकृतिका लागि पेश भएको, सूर्तीजन्य पदार्थ नियन्त्रण ऐन मन्त्रिपरिषद्मा पेश गर्ने गरी अन्तिम चरण पुगेको छ ।
हेर्नुहोस् मन्त्री पौडेल बहाल रहनुभएको १०० दिनका उपलब्धिहरू :
हेल्थपाटी
तपाईँको अभिमत