निर्वाचन फिर्ता लिइ स्वास्थ्य आपत्काल लगाउन स्वास्थ्यकर्मीको माग

फाइल तस्विर
काठमाडौं । कोरोना भाइरस संक्रमण बढिरहेका बेला मध्यवधि चुनावले महामार फैलने जोखिम उच्च भएकाले चुनाव फिर्ता लिन स्वास्थ्यकर्मीहरुले सरकारसँग माग गरेका छन् ।
नेपाल जनस्वास्थ्य संघले महामारीको अवस्थामा निर्वाचन गर्दा सक्रमणको तेस्रो लहर आई लाखौ मानिस संक्रमित हुने र हजारौ नागरिकको ज्यान जान सक्नेप्रति सचेत गराउँदै सरकारलाई चुनावको नभई खोपको व्यवस्था गर्न माग गरेको हो ।
निर्वाचनको खर्चले देशको अर्थतन्त्रमा असर परी कोभिड खोप तथा महामारी नियन्त्रणका लागि स्रोतको अभाव हुने र यसले महामारीको रुप भयावह हुने संघको निष्कर्ष छ ।
कोभिड –१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार जनस्वास्थ्य संकटकाल घोषणा गरी देशको सम्पूर्ण ध्यान महामारी नियन्त्रणमा केन्द्रित गर्नु पर्ने बेला निर्वाचनतर्फ जानु अध्यायदेशको मर्म विपरीत रहेको संघको भनाइ छ ।
press-release-2078_jestha_11_covid
हेल्थपाटी
तपाईँको अभिमत