भारतमा एकै दिन ४ लाख ८ हजार संक्रमित, दिनदिनै नयाँ रेकर्ड
काठमाडौं । भारतमा एकै दिन ४ लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । २४ घन्टामा ३ हजार ५ सय २२ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
पछिल्लो २४ घण्टामा ४ लाख ८ हजार ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै यो एकै दिन देखिएका संक्रमितको संख्या अहिलेसम्मकै बढी हो । एक हप्तासम्म दैनिक तीन लाखभन्दा बढी संक्रमित पुष्टि हुँदै आएको थियो ।
योसँगै भारतमा सक्रिय संक्रमितको संख्या ३२ लाख ७२ हजार २५६ पुगेको छ । त्यस्तै, अहिलेसम्म एक करोड ९१ लाख ५७ हजार ९४ जनामा कोरोना पुष्टि भइसकेका छन् ।
पछिल्लो २४ घण्टामा ३ हजार ५ सय २२ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ११ हजार ७७८ पुगेको छ ।
भारतमा हाल दैनिक १९ लाख स्वाब परीक्षण भइरहेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत