कोरोना संक्रमणबाट संविधान सभा सदस्य मोहम्मदी सिद्दिकीको निधन
अ +
अ -
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट संविधान सभा सदस्य मोहम्मदी सिद्दिकीको निधन भएको छ । भेरी अस्पताल नेपालगञ्जमा शनिबार निधन भएको हो ।
नेपालगञ्ज–३ की ६५ वर्षीय सिद्दिकीको बेलुकी साढे सात बजे उपचारका क्रममा निधन भएको अस्पतालका प्रमुख डा. प्रकाश थापाले जानकारी दिनुभयो । उहाँलाई मधुमेहको समस्या थियो ।
सिद्दिकीलाई चैत २८ गते कोरोना संक्रमण पुष्टि भएको र संक्रमण पुष्टि भएदेखिनै उहाँलाई भेन्टिलेटरमा राखी उपचार गरिएको थियो ।
सिद्दिकी संविधान सभामा समानुपातिकतर्फ नेपाली कांग्रेसबाट सभाषद् हुनुभएको थियो । सिद्दिकीका दुई छोरा र एक छोरी हुनुहुन्छ ।
हेल्थपाटी
तपाईँको अभिमत