नेपालमा पहिलोपटक देउराली जनताले गर्याे कोरोनाको औषधि उत्पादन
काठमाडौं । देउराली जनता फर्मास्यूटिकल्सले विश्वका धेरै देशमा प्रयोग भइरहेको कोरोना भाइरस रोगको एन्टीभाइरल फ्याभिपिराभिर औषधिकाे उत्पादन सुुरु गरेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था विभागबाट उत्पादनको अनुमतिमा देउराली जनताले नेपालमा नै पहिलोपटक फाभिर २०० नामक ट्याब्लेट औषधि उत्पादन गरेको हो ।
देउराली जनताका कार्यकारी निर्देशक हरिभक्त शर्माले कोभिड-१९ को उपचारका लागि क्लिनिकल अध्ययन प्रयोजनको लागि उपलब्ध गराउने गरि औषधि व्यवस्था विभागबाट असोज ६ गते स्विकृति प्राप्त गरेको र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सिद्धान्त अनुसार कोभिड–१९ को उपचारको लागि यो अत्यावश्यक अवस्थामा प्रयोग गरि अनुसन्धानकाे प्रभावकारिता कायम गर्न सहकार्यको तयारी भइरहेको जानकारी दिनुभयो ।
हालसम्म फ्याभिपिराभिर औषधि जापान, चिन, रसिया, अमेरिका, टर्की, क्यानडा, भारत र बंगलादेश लगायत धेरै देशमा कोभिड-१९ को उपचारका लागि लाई अत्यावश्यक अवस्थामा प्रयोग गरिरहेका छन् । नेपाल यो औषधि उत्पादन गर्ने आठौँ देश भएको छ ।
तपाईँको अभिमत