अफ्रिकी महादेशमा ५ देशले मात्रै कोभिड खोपको लक्ष्य पार गर्ने
कोरोना महामारीविरुद्ध अहिले विश्वभर खोप अभियान चलिरहेको छ । धेरै खोप लगाउनेमा विश्वका शक्तिशाली तथा खोप उत्पादक राष्ट्रहरु नै छन् । यसका अवला थोरै जनसंख्या रहेका केही मुलुकहरु खोप लगाउनेमा आगाडि देखिएका छन् ।
वर्ष २०२१ को अन्त्यसम्म हरेक राष्ट्रले आफ्ना ४० प्रतिशत नागरिकलाई खोप लगाइसक्ने लक्ष्य विश्व स्वास्थ्य संगठनले लिएको थियो । यसमा अफ्रिकी महादेश निकै पछाडि परेको छ ।
विश्व स्वास्थ्य संगठनले दिएको रिपोर्ट अनुसार अफ्रिकी महादेशका ५४ राष्ट्र मध्ये ५ देशले मात्रै त्यो लक्ष्य पूरा गर्ने देखिएको छ ।
तीन अफ्रिकी देशले यसअघि नै यो लक्ष्य पार गरिसकेका छन् । थप २ देश यो वर्षको अन्त्यसम्म लक्ष्यमा पुग्ने देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । लक्ष्य पूरा गरिसकेकामा सेशेल्स, मौरिसस र मोरक्को रहेका छन् । ट्युनिसिया र काबो भर्डेले यो वर्षको अन्त्यसम्म ४० प्रतिशतलाई खोप लगाइसक्ने देखिन्छ ।
विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले अफ्रिकी मुलुकमा खोप अभियान निकै सुस्त भएको भन्दै चिन्ता व्यक्त गर्दै आएका छन् । त्यहाँको खोप अभियानलाई तीब्रता दिने विषयमा सोच्न खोप उत्पादक राष्ट्रहरुलाई आग्रह गरिरहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत