राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई अंग प्रत्यारोपण विशेषज्ञ उत्पादनको जिम्मा दिने
अ +
अ -
सकारले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई अंग प्रत्यारोपण सम्बन्धी विशेषज्ञ उत्पादन गर्न सक्षम प्रतिष्ठानका रुपमा विकास गर्ने भएको छ ।
आर्थिक वर्ष २०७९/०८० को बजेटमा यस्तो व्यवस्था गरिएको हो ।
मिर्गौला रोगीको निशुल्क मिर्गौला प्रत्यारोण गरिने र विपन्नको निशुल्क मिर्गौला प्रत्यारोपणका लागि १० करोड बजेट बिनियोजन गरिएका अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो ।
सबै प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार गर्नका लागि डायलासिस मेसिन किन्न २० करोड रुपैयाँ बजेट छुट्याइएको उहाँले जानकारी दिनुभयो ।
सातै प्रदेशमा प्रत्यारोपण केन्द्र विस्तार गर्नका लागि समेत बजेटको व्यवस्था गरिने मन्त्री शर्माले बताउनुभयो ।
तपाईँको अभिमत