ट्राफिक प्रहरीद्वारा डाक्टरमाथि निर्घात कुटपिट, घटनाप्रति भत्र्सना
अ +
अ -
पैदल हिडिरहेको अवस्थामा ट्राफिक प्रहरीले डाक्टर कुलबहादुर घिसिङलाई कुटपिट गरि घाइते बनाएका छन् । उक्त घटनाप्रति नेपाल चिकित्सक संघले विरोध गर्दै दोषीलाई कारबाही गर्न सरकारलाई माग गरेको छ ।
बाटोमा हिडिरहेको अवस्थामा ट्राफिक प्रहरी राजेन्द्र थापाले डा.घिसिङलाई कुटपिट गरेका थिए । चिकित्सकको परिचयपत्र देखाउदासमेत ट्राफिक प्रहरी थापाले डाक्टर घिसिङलाई हातपात गर्दै कुटपिट गरेका थिए । डा.घिसिङको मुखमा गम्भीर चोट लागेको छ।
सुरक्षाको प्रत्याभूतिका लागि समर्पित व्यक्तिले असुरक्षित वातावरण निर्माण गर्नु अत्यन्तै खेदजनक रहेको भन्दै चिकित्सक संघले दोषीलाई यथासक्य कारबाही गरि पीडित चिकित्सकको सम्पूर्ण उपचार खर्च व्यहोर्न माग गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत