विदेशीलाई समेत नेपाली चिकित्सक सरह मान्यता दिन लागिएकाे भन्दै विरोध
अ +
अ -
विदेशीलाई समेत नेपाली चिकित्सक सरह मान्यता दिने गरि चिकित्सक दर्ता परीक्षामा सहभागी गराउने निर्णय प्रति सरकारी चिकित्सक संघ गोदानले विरोध गरेको छ । नेपाल मेडिकल काउन्सिल नियमावली (पाचौं संसोधन २०७८) मार्फत मूल नियमावलीको नियम २० (ङ) र (च) हेरफेरि गरि उक्त निर्णय गरिएको गोदानको भनाइ छ ।
गोदानका अध्यक्ष डा. रविन खड्का र महासचिव डा. किर्तिपाल सुवदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारको यो निर्णयले नेपाली चिकित्सकको दायरा, भूमिका र जवाफदेहितामा नै प्रश्न उठ्ने भएकाले यो निर्णय तत्काल बदर गर्न माग गरिएको छ । साथै गोदानले सरकारको यो निर्णय विरुद्ध एकजुट हुन चिकित्सकहरुलाई आग्रह पनि गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत