चिकित्सक संघको निर्वाचन चैत २८ गतेबाट
अ +
अ -
नेपाल चिकित्सक संघ(एनएमए)को केन्द्रीय कार्यकारणी समितिको निर्वाचन २०८२ चैत २८ गतेबाट सुरु हुने भएको छ ।
निर्धारित कार्यतालिका अनुसार काठमाडौं उपत्यका बाहिर २०८२ चैत २८ र २९ गते मतदान हुनेछ। त्यस्तै काठमाडौं उपत्यका भित्र भने २०८३ वैशाख १०, ११ र १२ गते निर्वाचन हुनेछ ।
संघको निर्वाचन समितिले जारी गरेको सूचनाअनुसार पाटन उच्च अदालतको आदेशलाई मध्यनजर गर्दै २०८२ चैत ११ गते बसेको बैठकले नयाँ मिति निर्धारण गरेको हो। अदालतमा दायर भएका विभिन्न मुद्दाहरूको फैसलापछि निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरिएको संघले बताएको छ ।
प्रमुख निर्वाचन अधिकृत डा.प्रणय रत्न शाक्यले सम्बन्धित सबै पक्षलाई निर्वाचनका लागि तयारी अवस्थामा रहन आग्रह गर्नुभएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत