आत्महत्या रोकथामका लागि सचेतना कार्यक्रम
‘आशा जगाऔँ, जीवन बचाऔँ’ भन्ने मूल नाराका साथ विश्व आत्महत्या रोकथाम दिवस, सचेतना अभिवृद्धि गर्न विविध कार्यक्रम सञ्चालन गरि मनाईएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालय मन्त्रालय,विश्व स्वास्थ्य संगठन, बहुसांस्कृतिक मनोसामाजिक संस्था (टिपिओ नेपाल), मानसिक अस्पताल लगनखेल, , उमन साईक्लिङ्ग नेपाल, यु एम एनको संयूक्त आयोजनामा भाद्र २३ गते साईकल यात्रा सम्पन्न भयो ।
साईकल यात्राको सुरुवातमा गत आर्थिक वर्ष आत्महत्याबाट ज्यान गुमाएका ६९९३ जना व्यक्तिहरुको सम्झनामा दिप प्रज्वलन गरिएको थियो ।
काठमाण्डौँ टिपिओ नेपालको कार्यालय बालुवाटारबाट सुरु भई पानीपोखरी लाजिम्पाट, लैनचौर, जमल, घण्टाघर, शहीदगेट, रंगशाला, त्रिपुरेश्वर, युएन पार्क हुँदै यू एम एनमा टुंगिएको थियो । साइकल यात्रामा ९२ जना सहभागी हुनुन्थ्यो ।

साइकल यात्रापछि आयोजित कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, नसर्ने रोग तथा नसर्ने रोग शाखाका प्रमुख डा। फणिन्द्र बरालले आत्महत्या रोकथाम गर्न सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।
त्यसैगरी आत्महत्या रोकथाम दिवस, १० सेप्टेम्वरका दिन मानसिक अस्पताल लगनखेलको प्रांगणबाट प्रभात फेरी कार्यक्रमको आयोजन गरियो ।
प्रभातफेरि सातदोवाटो, महालक्ष्मीस्थान हुँदै मानसिक अस्पताल पाटनमा पुगेर सकिएको थियो । कार्यक्रममा विद्यार्थी, स्वास्थ्यकर्मी, सरकारी प्रतिनिधीहरु र गैह्रसरकारी संघसंस्थाका प्रतिनिधी गरी ३०० जना भन्दा बढीको उपस्थिती रहेको थियो ।

हेल्थपाटी
तपाईँको अभिमत