वैज्ञानिकले बनाए खोकीको आवाज सुनेर रोग पत्ता लगाउने एप
अमेरिकी वैज्ञानिकले यस्तो एप्स तयार पारेका छन् कि जसले खोकीको आवाज सुनेर व्यक्तिलाई कुन रोग लागेको छ भन्ने पत्ता लाग्छ । यसलाई अमेरिकी कम्पनी हाइफी इन्कले विकास गरेको हो ।
एपले छोटो नतिजा बताउन सकोस भनेर यसका लागि फरक–फरक किसिमका रोगमा आउने खोकीको लाखौँ आवाजलाई समावेश गरिएको छ ।
यो आवाजले बिरामीको खोकी कुन रोगसँग सम्बन्धित छ भन्ने आर्टिफिसिअल इन्टेलेजेन्स्को सहयोगबाट बताउन सक्षम हुनेछ ।रोग कुन हो भनी छिटो नतिजा आउने दावी निर्माता कम्पनीको छ ।
एप बनाउने कम्पनीका प्रमुख मेडिकल अफिसर र टिबीविज्ञ पिटर स्मालका अनुसार फरक–फरक रोगमा खोकीको आवाज पनि परिवर्तित भएर आउँछ । कसैलाई दम छ भने श्वास र खोकी पनि एक किसिमको घबराहट भएको जस्तो आउँछ । यसैगरी निमोनियाको बिरामीमा फोक्सोबाट फरक किसिमको आवाज आउँछ ।
एपमा समावेश गरिएका फरक– फरक खोकीको आवाजलाई आर्टिफिसिअल इन्टेलेजेन्स् फरक– फरक किसिमबाट बुभ्mछ । कस्तो खोकी एपमा सभावेश गरिएका कुन खोकीसँग मिल्ल सोही आधारमा एपले रोगबारे जानकारी दिने दावी गरिएको छ ।
चिसकत्सकले भन्दा छिटो रोग पत्ता लगाउने
बिरामीसँग सोधपुछ गरी चिकित्सक जसरी निष्कर्षमा पुग्छन् त्यही अनुसार यो एपले पनि रोगबारे निष्कर्ष निकाल्ने दावी विज्ञहरुको छ ।
टिबी रोगविज्ञ पिटर स्माल भन्छन्–‘जब एक बिरामी चिकित्सक भएको ठाउँमा पुग्छ उसलाई एक दिनमा कति खोकी लाग्छ भनेर सोध्छन् अनि बिरामीले बताउँछ । एक फोक्सो विज्ञले सहजै बताउन सक्छ कि बिरामीलाई के रोग लागेको छ भनेर । यो एपले पनि सोही अनुसारको काम गर्छ र चिकित्सकले भन्दा पनि छिटो नतिजा दिन सक्छ।’
यो तरिका सजिलो हुनुका साथै चिकित्सकोमा जानु नपर्ने र चिकित्सकलाई तिर्ने शुल्क समेत जोगाउने टिबी रोगविज्ञ स्मालको भनाइ छ।
खोकी किन लाग्छ ?
मानिसलाई खोकी त्यतिबेला लाग्छ जब श्वास नलीमा केही समस्या आउँछ । शरीरका नसाहरुले दिमागमा सन्देश पठाउँछन् । दिमागले पनि मांशपेशीमा संकेत पठाएर फोक्सोमा हावा भरेर टाउको र पेटलाई फुलाउने आदेश जस्तै दिन्छ । यस्तो अवस्थामा मानिसलाई खोकी लाग्छ र राहत मिल्छ ।
हेल्थपाटी
तपाईँको अभिमत