देशभर थप १३८२ जनालाई कोरोना, २३ संक्रमितको मृत्यु
१६३७ संक्रमित काेराेनामुक्त
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३८२ काेरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा देशभर ८ हजार ९५० जनाको पीसीआर परीक्षण हुँदा १ हजार ३८२ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।
आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २ लाख २९ हजार ५४ जना निको भएका छन् । २४ घण्टामा १६३७ संक्रमित काेराेनामुक्त भएका छन् ।
यस्तै २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ६३७ पुगेको छ । सक्रिय संक्रमितको संख्या १२ हजार ६८६ रहेको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत