कुकुरलाई मधुमेह भएको कसरी थाहा पाउने ?, आहारविद् एलिना पगानीसँगको कुराकानी (भिडियो)

आज, कार्तिक कृष्ण चतुर्दशी, कुकुर तिहार । कुकुरलाई हिन्दु धर्ममा निष्ठा, सुरक्षा र न्यायको प्रतीक मानि कुकुरको पुजा गरिन्छ । नेपाल प्रहरीले विशेष समारोहको आयोजना गरीं कुकुर तिहार मनाउने गर्दछ छ । कुकुर तिहारका दिन नेपाल प्रहरीले अपराध अनुसन्धानमा सहयोग गर्ने यी कुकुरको विशेष पूजा गर्नेगर्छ ।
मानिसलाई झैँ कुकुर जस्ता घरपालुवा जनावरलाई पनि खाना तथा पौष्टिक आहारमा निकै ध्यान दिनुपर्छ । कुकुरको त अझ विशेष हेरचाह आवश्यक हुन्छ । पौष्टिक आहारमा ध्यान नदिँदा मधुमेह, मिर्गौला ‘फेल’ जस्ता समस्या कुकुरमा हुन सक्छ । कुकुरको आहारविद् एलिना पगानी कुकुरमा मोटोपन, असन्तुलित आहारलगायतका कारण मधुमेह जस्ता रोग लाग्ने बताउनुहुन्छ । प्रस्तुत छ, उहाँसँग हेल्थपाटीका लागि जगन्नाथ ढकालले गर्नुभएको कुराकानीको सम्पादित अंश:
तपाईंलाई नेपालमा हार्दिक स्वागत छ ।
एलिना– धन्यवाद ।
इटालीमा रहनु भएको तपाईं मोन्ज डग फूडको विज्ञसँग यसबारे यहाँ कुरा गर्न पाउँदा हामीलाई खुशी लागेको छ । यो अवसर बिरलै मात्र पाउने गर्छौँ ।
एलिना– सबभन्दा पहिले त निमन्त्रणका लागि धन्यवाद छ । यहाँ मलाई आउँदा आफ्नै घरको महसुस भएको छ । हजुर मसँग भएको ज्ञान तपाईंमार्फत् बताउन चाहन्छु । र, तपाईंका प्रश्नपछि हामी थप विस्तृत कुरा गर्ने नै छौँ ।
कुकुर, बिरालो तथा हाम्रा घरपालुवालाई किन पोषणको आवश्यकता पर्छ बताइदिनुस् न ।
एलिना– पोषणको थुप्रै भूमिका हुन्छन् । त्यसमध्ये रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने महत्वपूर्ण भूमिका हुन्छ । विशेष किसिमको आहारको आवश्कता हुन्छ, त्यो सन्तुलित हुनुपर्छ । सबै किसिमका पोषण सामान्य कार्यका लागि विभिन्न तहमा आवश्यक पर्छन् । उदाहरणका लागि कलेजो, पेट, जहाँसुकै पोषणको आवश्यकता पर्छ । विभिन्न पोषण खासगरी रोगबाट बचाउन आवश्यक पर्छ ।
रोगकै बारे कुरा गर्दा, हामी मधुमेह मानिसलाई लाग्ने रोग भनेर बुझ्छौँ । नेपालसँगै विश्वभरका कयौँ मानिसले यसको सामना गरिरहेका छन् । १०–२० वर्षपहिलेसम्म नेपालमा कुकुर तथा घरपालुवामा पनि मधुमेह हुन्छ भनेर जानकारी थिएन । हाल आएर कुकुर तथा घरपालुवा जनावरमा मधुमेहको समस्या बढिरहेको छ । कुकुर तथा घरपालुवामा मधुमेह हुनुको कारण चाहिँ के हो ?
एलिना– तपाईंले सही भन्नुभयो । कुकुरलाई लाग्ने मधुमेह मानिसलाई लाग्ने मधुमेह करिब उस्तै हुन्छ । तर बिरालोलाई हुने चाहिँ पूर्ण रूपमा फरक हुन्छ । कुकुरलाई लाग्ने मधुमेहजन्य रोग नेपालमा मात्र नभएर विश्वभर नै फैलिरहेको छ । यसबारे हालसम्म भएको अध्ययनअनुसार असन्तुलित पोषणका कारण यस्तो हुन्छ । यदि तपाईंले सामान्य चिनी धेरै मात्रामा प्रयोग गर्नुभयो, वा प्रोटिन तथा चिल्लो पदार्थ सही तरिकाले आहारमा मिलाउनु भएको छैन भने कार्बोहाइड्रेट सामान्य चिनीमा परिणत हुन्छ र कुकुरको मेटाबोलिज्मले इन्सुलिन धेरै उत्पादन गर्छ । त्यसको नतिजा उच्च तहसम्म इन्सुलिनको वृद्धि हुन्छ । यदि उच्च तहमा इन्सुलिन वृद्धि हुन्छ भने त्यसलाई नियन्त्रण गर्ने अङ्गले काम गर्न छाड्छ । त्यस्तै विशेष किसिमको पोषण आवश्यक पर्छ । विशेष पोषण उच्च तहमा प्रोटिन तथा फाइबर हुन्छ । त्यसलाई पछि गएर घटाउनुपर्ने हुन्छ । त्यही समयमा बोसो पनि घटाउनुपर्छ किनभने मोटोपन र मधुमेहको सम्बन्ध रहेको हुन्छ । कहिलेकाहीँ कुकुर मोटो छ भने मधुमेह भएको हुनसक्छ । यसो हुँदा सन्तुलित प्रोटिन, फाइबर र कम बोसोयुक्त आहार दिएर मोटोपन घटाउने तथा तौल कम गराउन सक्नुहुन्छ । त्यस्तै सन्तुलित आहारमा कार्बोहाइड्रेट पनि सन्तुलित गर्नुपर्छ । मोटोपन भएको बेला कार्बोहाइड्रेट वृद्धि नगर्नुहोला । यदि कार्बोहाइड्रेटको मात्रा बढाइयो भने अवस्था झन नाजुक भएर जान्छ ।
कुकुर पालकले पोषणयुक्त आहारमा गर्ने सामान्य गल्ती के हो ? घरमा निर्मित वा पकाइएको आहार किन नदिने ? किन ‘डग फुड’ नै रोज्नुपर्छ ?
एलिना– निकै राम्रो प्रश्न गर्नुभयो । धेरैले गर्ने गल्ती भनेको जुन बजारमा पाइने जुन पायो त्यही खुवाउने हो । यसो गर्दा सन्तुलित आहार नहुन सक्छ । सन्तुलन नभएको आहार दिँदा कति मात्रामा प्रोटिन, बोसो तथा फाइबर छ भनेर थाहा हुन्न । त्यस्तो अवस्थामा कुकुरामा हुने मेटाबोलिज्मको प्रतिक्रिया कस्तो हुन्छ भनेर थाहा हुँदैन । अनि तपाईंको कुकुरमा मोटोपन छ भने त्यसमा मधुमेह हुन सक्ने जोखिम उच्च हुन्छ । त्यसैले मेरो सुझाव चाहिँ सधैँ सन्तुलित आहार दिनु भन्ने हो । यसको मतलब घरमा बनाइएको आहार सधैँ असन्तुलित हुन्छ भन्ने होइन । पक्कै पनि कोही कुकुरको पोषण सम्बन्धी अध्ययन गरेको व्यक्ति छ भने उसले आवश्यकताअनुसार व्यवस्था गर्न सक्छ । साथै रेसिपी बनाउन सक्छ । गाजर, मासु, भात लगायतको मात्रा नापेर तथा भिटामिन र मिनरल्स मिलाएर घरमै पकाएर कुकुरलाई सन्तुलित आहार दिन पनि सकिन्छ ।
तर विश्वास गर्नुस् कि बजारमा पाइने आहार पहिले नै तयार भएको हुन्छ । यो प्रयोग गर्नका लागि तयारी अवस्थामा हुन्छ । मजस्तै पोषविद्सँग सम्बन्धित भएको मोन्ज कम्पनी जस्तो मात्र होइन ल्याबमा जाँच गर्न सक्नुहुन्छ ती सबैमा आवश्यक पर्ने पोषक तत्वहरू सही मात्रामा रहेका हुन्छन् । यो जस्तै ठिक्क चाहिँ घरमा बनाइएको आहारमा हुँदैन ।
भिजेको र सुक्खा आहारमा के फरक छ ?
एलिना– प्राविधिक रूपले त्यहाँ फरक भनेको तरल पदार्थको मात्रा मात्र हो । तर म सधैँ प्राथमिकताका साथ भन्ने गर्छु कि तरल पदार्थको मात्रा कति छ भनेर हेर्नुपर्छ ।
सधैँ झोलिलो आहार मात्र पूर्ण रूपमा सन्तुलित आहार हुन्छ भन्ने हुँदैन । त्यसैले सधैँ कति मात्रामा पोषण छ भनेर जाँच्नुपर्छ । जनवार वा कुकुरलाई आवश्यक पर्ने सन्तुलित आहार मात्र राम्रो हुन्छ । त्यहाँ जिङ्क, भिटामिन इ जस्ता तत्वको मात्रा हेर्नुपर्छ । यी तत्व परीक्षण गर्नुहोला । अनि भिजेको वा सुक्खा जस्तोसुकै आहार पनि लगभग उस्तै हुन्छन् । फरक त्यसमा हुने तरल पदार्थ मात्र हो ।
बजारमा धेरै किसिमका आहार पाइन्छन् । र विभिन्न तहका आहार पाइन्छन् । इकोनमिक, प्रिमियम तथा सुपर प्रिमियम आहार पाइन्छन् । अनि विशेष किसिमको रोगका लागि मात्र बनाइएका आहार पनि पाइन्छ । यस्ता विभिन्न आहारहरू चाहिँ के भिन्नता छ । यसरी विभिन्न आहार किन आवश्यक छन् ?
एलिना– यो पनि महत्वपूर्ण प्रश्न गर्नुभयो । यो अलि व्यापारिक हिसाबले भयो । इकोनमिकको कुरा गर्दा त्यहाँ सबै किसिमका पोषक तत्वहरू मिसाइएको हुन्छ । अरूसँग फरक चाहिँ त्यसको बनाउने तरिकामा हुन्छ । सुपर प्रिमियमसँग तुलना गर्ने हो भने त्यसमा थप चिज हुने गरी बनाइएको हुन्छ । जस्तो एन्टिअक्सिडेन्टलगायतको सन्तुलन गरिएको हुन्छ । अर्को भेटनरी आहारको प्रिमियम तथा सुपरप्रिमियमसँग तुलना गर्नुहुन्छ भने त्यहाँ केही फरक हुन्छ । भेटनरी आहार विशेष किसिमको रोगका लागि सन्तुलित हुन्छ । यसमा विशेष दक्ष व्यक्ति हुन्छन् । उनीहरूले विशेष किसिमको रोगका लागि आहार बनाउँछन् । जस्तो कि मधुमेह भएका कुकुरका लागि । यसमा धेरै प्रोटिन र फाइबर मिलाउँछन् भने बोसो कम गराउँछन् । तर अन्य आहार यसरी बनाइएको हुँदैन । यो आहार तौल घटाउने किसिमको विशेष हुन्छ ।
मानौँ मसँग एउटा कुकुर छ । त्यसलाई कस्तो आहार खुवाउने होला ? भेटनरी, इकोनमिक वा सुपर–प्रिमियम कुन चाहिँ ठिक हुन्छ ?
एलिना– यो तपाईँको कुकुरको विभिन्न मानकहरूमा भर पर्छ । यसका लागि विशेष किसिमको आवश्यकता पर्छ । जस्तै; स्थिर रहने कुकुर, यताउता हिँडिरहेने, अर्को हिँड्डुल नगर्ने वा सक्रिय नभई एकै ठाउँ बस्न रुचाउने आदि कुकुरको स्वभाव हुन्छ । यदि सक्रिय नरहने कुकुर छ भने त्यसका लागि कार्बोहाइड्रेट कम गरेर आहार दिनुपर्छ । अनि अर्को कुरा भनेको हामीले सोच्नै पर्ने भनेको मूल्य । कुकुरको मालिकको अवस्था पनि हेर्नुपर्छ । आहारमा धेरै खर्च गर्न नसक्ने व्यक्ति हो भने पक्कै पनि सम्झौता गर्नैैपर्ने हुन्छ । स्टान्डर्ड इकोनमिक आहार दिनु उपयुक्त हुन्छ । बजेट बढाउन सक्नुहुन्छ भने सुपर प्रिमियमतिर जान सक्नुहुन्छ । यदि मिर्गौला फेल जस्तो कुनै विशेष किसिमको रोग लागेको छ भने चाहिँ भेटनरी आहारतिर लाग्नुपर्छ ।
कुकुरमा हुने मधुमेहका लक्षण चाहिँ के के हुन् ? कुकुर मधुमेहग्रस्त छ भनेर कसरी चिन्ने ?
एलिना – कुकुरलाई मध्मेह हुँदा विशेष किसिमका लक्षणहरू देखिन्छन् । यसका लागि विशेष किसिमको परीक्षण पनि गरिन्छ । पशु चिकित्सकले रगतमा ग्लूकोजको मात्रा पनि परीक्षण गर्न सक्छन् । एक किसिमको विशेष डिभाइसहरू छन्, ती कुकुरमा जडान गरिन्छ । तिनलाई एकीकृत रूपमा मोबाइलमा जोडन् सकिन्छ । त्यस्ता डिभाइसरूले मोबाइलमा जानकारी पठाउँछन् । त्यसमा १४ दिनभन्दा बढीको ग्लिसेमिक अवस्थालाई परीक्षण गरेर रेकर्ड राख्न सकिन्छ । प्रत्येक १३ सेकेण्डमा रगतमा भएको ग्लूकोजको माात्रा त्यसले परीक्षण गर्छ । यस्तो परीक्षणबाट कुकुरमा मधुमेह छ/छैन पत्ता लाग्छ ।
खासगरी कुन उमेरका कुकुरमा मधुमेह लाग्ने गर्छ ?
वास्तवमा वयस्क कुकुरलाई मधुमेहको असर बढी रहेको देखिन्छ । खासगरी यो देशअनुसार फरक पर्छ । यसबारे हामीले अध्ययन गरेका छौँ । यो लिङ्गअनुसार फरक पर्दैन । यद्यपि कतिपय केही ‘ब्रिड’मा चाहिँ अलि बढी ख्याल राख्नुपर्ने हुन्छ । युरोपको कुरा गर्ने हो भने ‘लाभाडोर’ जातको कुकुर छ । अनि सानो जातको ‘क्यालियर किङ’ पनि छ । यी यस्ता जातका कुकुर चाहिँ मधुमेहबाट बढी ग्रसित हुन्छन् । यसरी हेर्दा मधुमेह वंशाणुगत रूपमा बढी भर पर्छ । उमेरको कुरा गर्दा मध्य उमेर चाहिँ बढी मधुमेह हुने उमेर हो ।
तपाईँको अभिमत