कोरोना विरुद्धको अतिरिक्त खोप कार्यक्रम स्थगित
लक्षित वर्गलाई दिइने भनिएको कोरोना विरुद्धको अतिरिक्त खोप कार्यक्रम स्थगित भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि केही लक्षित वर्गका लागि खोपको थप मात्रा दिने भनेको थियो ।
सबै नागरिकलाई कोभिड - १९ विरुद्धको पुरा मात्रा खोप चाँडै उपलब्ध गराउन महत्वपूर्ण भएकोले राष्ट्रिय खोप अभियान द्रुत गतिमा सञ्चालन गनुपर्ने आवश्यक रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
थप प्राविधिक विषयहरु छलफल तथा तयारी गरी आगामी माघ महिनामा अतिरिक्त खोपबारे जानकारी दिने मन्त्रालयले सूचना जारी गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु ,सक्रिय क्यान्सर बिरामीहरु, अंग प्रत्यारोपण गरेका बिरामीहरु ,एचआइभी भएका बिरामीहरु ,उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि खाइरहेका बिरामीहरु ,भेरोसेल वा सिनोफार्म लगाएर ६० वर्ष र सो भन्दामाथि उमेरका व्यक्तिहरुलाई अतिरिक्त खोप दिने भएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत