नेता किम एक्कासी दुब्लाएको देखेपछि उत्तर कोरियाली जनता चिन्तित !
काठमाडौं । उत्तर कोरियाका सर्वाेच्च नेता किम जोङ उन एक्कासी दुब्लाएपछि उत्तर कोरियाली जनताहरुले पिर गरेका छन् । पछिल्लो दिनमा अप्रत्यासित रुपमा तौल घटेपछि जनताहरुले नेता किमको स्वास्थ्यमा केही समस्या भएको होकी भनेर चिन्ता गरेको त्यहाँको सरकारी टेलिभिजनलाई उद्रत गर्दै समाचार एजेन्सी रोयटर्स ले जनाएको छ ।
‘जनताको मन दुखेको छ । जब नेता किम दुब्लाएको देख्यौं, सबैको आँखा रसाएका छन् ।’ सरकारी टेलिभिजनलाई परिचय नखुलाइएको पेङयोङका एक बासिन्दाले बताएको समाचारमा उल्लेख गरिएको छ ।
हालै मात्र किमको तौल घटेको अवस्थामा भिडियो सार्वजनिक भएको थियो । यसअघि अति मोटो रहनुभएको किमको तौल अहिले १० देखि २० केजी घटेको अनुमान गरिएको छ । किमको उमेर ३७ वर्षको रहेको छ ।
तर सरकारी टेलिभिजनले किमको तौल घट्नुको कारण खुलाइएको छैन । किम एक महिनादेखि किम सार्वजनिक रुपमा देखिनु भएको थिएन तर एक महिनापछि भिडियो सार्वजनिक हुँदा एक्कासी दुब्लाएको अवस्थामा देखिनुभएको थियो । गत वर्ष आफ्ना हजुर वुवा किम इल सुंगको जन्मोत्सवका उपस्थित नभएपछि किमको स्वास्थ्य अवस्थाबारे विभिन्न अड्कलबाजी गरिएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत