तराईको हुस्सु मध्यान्नसम्ममा क्रमिक सुधार, राति के होला ?
अ +
अ -
तराई भूभागका केही स्थानमा लागेको हुस्सु दिउँसो मध्यान्हसम्मा क्रमिक सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
आज राति भने तराईका केही स्थानहरूमा हुस्सु लाग्ने बताइएको छ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
हाल देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको महाशाखाको भनाइ छ ।
हेल्थपाटी
तपाईँको अभिमत