आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीमाथी आक्रमण गर्नेलाई कडा कारबाहीको माग
काठमाडौं । आयुर्वेद औषधालय, सुर्खेतमा सञ्चालित आइसोलेसन सेन्टरका प्रमुखसहित स्वास्थ्यकर्मीमाथी भएको कुटपिटको भत्र्सना गर्दै नेपाल आयुर्वेद चिकित्सक संघले दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ ।
संघका अध्यक्ष डा.प्रकाश ज्ञवालीले विज्ञप्ति निकालेर महामारीमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथी कुटपिट हुनुले हतोत्साहित गरेको र सुरक्षाको ग्यारेन्टी नभए काम गर्न नसकिने स्पष्ट पानुभएको छ ।
उहाँले दोषीलाई हालै जारी भएको स्वास्थ्यकर्मी तथा थुनामा राखी हदैसम्मको कारबाही गर्न माग गर्दै यदी त्यसो नभए न्यायका लागि सडकमा आउने चेतावनी दिनुभएको छ ।
सुर्खेतमा आइसोलेसन सेन्टरका प्रमुख डा.शंकरप्रसाद रिजालसहित डा. यादव उपाध्याय र स्वास्थ्यकर्मी लोकप्रसाद रेग्मीले सुनियोजित रुपमा १५–१६ जनाको समूहले बाटो ढुकेर आक्रमण गरेको पौडेलले जानकारी दिनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत